२७ भदौ ०८१, काठमाडौं । हिमाल मल्टिमिडिया प्रा. लि.द्वारा ‘बैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ ।
पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्रायसहित हिमाल मल्टिमिडियाले आगामी असोज ५ गते शनिबारका दिन उक्त कार्यक्रम गर्न लागेको हो ।
नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा बिहान १० बजे देखि शुरु हुने कार्यक्रम, विशेषत कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने आयोजकले बताएको छ ।
वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् ।
महानायक राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधार सहित र विदेश पढ्न जाने योजना भएकाहरुलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल रहने छ ।
हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिहरुसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ ।













