शैक्षिक हडतालले राजविराजमा पढाइ ठप्प

११ पुस ०७५, राजविराज । नेपाल शिक्षक महासंघले गरेको दुइ दिने शैक्षिक हडतालका कारण राजविराजका सबै सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको छ ।

सरकारले अस्थायी शिक्षकलाई विस्थापित गर्ने प्रक्रिया अघि बढाएको भन्दै विरोधमा महासंघले प्रदेश २ मा दुइ दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरेको पहिलो दिन वुधवार जिल्लास्थित सबै ४ सय २८ वटा सामुदायिक विद्यालयको पठन पाठन ठप्प भएको हो ।

महासंघका जिल्ला अध्यक्ष दिनेश कुमार यादवकले अस्थायी शिक्षकहरुको जागिर र भविष्य सुनिश्चतताका लागि २ दिने शैक्षिक हडताल कार्यक्रम ल्याएको र वेवास्ता गरे आन्दोलनको सशक्त कार्यक्रहरु अघि बढाउने बताए ।

तपाइको मत