२८ फागुन ०७९, रुपन्देही । शिक्षा क्षेत्रसँग सरोकारवाला संघ–संस्था र अभियन्ताले सङ्घीय शिक्षा विधेयक तत्काल संसदमा पेश गर्न आग्रह गरेका छन् ।
लुम्बिनीमा आइतबार आयोजित कार्यक्रममा उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
संघीय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सार्वजनिक गनुपर्ने, विधेयक सार्वजनिक गरेपछि सरोकारवालाबीच यसका प्रावधानहरुबारे सघन छलफल हुनुपर्ने माग गरिएको छ ।













