
२५ बैशाख ०८२, काठमाडौं । नेपाल राष्ट्रबैंकमा तत्काल रिक्त गभर्नर नियुक्त गर्न सत्तारुढ दलकै सांसद रामहरि खतिवडाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
रिक्त गभर्नर पदमा तत्कालै नियुक्ति गर्न बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए ।
उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरे ।
उनले भने, ‘धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । योबारे के हो सरकारले जवाफ दिनुप¥यो ।’













