सन्देश शर्माको स्वरसँग मिल्यो आरजुको नाम लिएको अडियो – प्रहरी प्रधान कार्यालय

२४ असार ०८०, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको नाम लिइएको नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अडियो दाङका सन्देश शर्माको स्वरसँग मिलेको बताइएको छ ।

संघीय सांसद समेत रहेकी राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर निवेदन दिएपछि प्रहरी प्रधान कार्यालयले उजुरीका सम्बन्धमा भएको प्रगतिको जानकारी दिएपछि उक्त अडियोको स्वर थुनामा रहेका शर्मासँग मिलेको पाइएको हो ।

उजुरी छानविनको प्रगतिको जानकारी सम्बन्धमा आइतबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले दिएको जानकारी :