१३ मंसिर ०७९, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई साथै सबै स्थानीय तहलाई शिक्षक सरुवा नगर्न निर्देशन दिएको छ ।
केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढेको भन्दै शिक्षक सरुवा नगर्न निर्देशन दिएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी शिक्षकको पदस्थापन गर्ने कार्य अघि बढाएको छ ।













