सरकारले वातावरण बनाए एमाले निर्वाचनमा जान तयार रहेको केपी ओलीको भनाई

१० पुस ०८२, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

सरकारले स्वतन्त्र, धाँधलीरहीत चुनाव हुने वातावरण बनाए एमाले प्रतिनिधि सभाको निर्वाचनमा जान तयार रहेको अध्यक्ष ओलीले बताए ।

‘निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ । हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ,’ ओलीले भने, ‘स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् । हामी त्यही समयको पर्खाइमा छौँ । हामी जस्तो पनि परिस्थितिका लागि तयार छौँ ।’