सरकार संसदको हिउँदे अधिवेशन अन्त्यको तयारीमा

३ चैत ०८१, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन चैत तेस्रो साता अन्त्य गर्ने तयारी गरेको छ ।

अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते सभामुख देवराज घिमिरे उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिख (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदैछ ।

संसदको हिउँदे अधिवेशन गत माघ १८ गते सुरु भएको थियो ।