सर्वोच्च अदालतमा नवनियुक्त गभर्नर पौडेलविरुद्ध रिट निवेदन

९ जेठ ०८२, काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त गभर्नर विश्व पौडेल विरुद्ध रिट निवेदन पेस भएको छ ।

योग्यता नपुगेको व्यक्तिलाई नियक्त गरिएको भन्दै पौडेलको नियुक्ति बदरको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।

उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।