सहकारीको ऋण नतिरी फरार कृष्णकुमार अर्याल पक्राउ

८ जेठ ०८२, काठमाडौ । सहकारीको ऋण नतिरी फरार भएका आरोप लागेका नेकपा एमाले नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर सानेपा बस्ने एमाले पार्टीको पेसागत विशेष प्रदेश कमिटी सदस्य कृष्णकुमार अर्याल हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले दिगो पर्यटन सहकारी संस्था लिमिटेको कर्जा लिएर नतिरेको पाइएको प्रहरीले बताएको छ ।

उक्त कसुरमा २७ असार २०८० मा उनीविरुद्ध साढे ११ लाखको बिगोको फैसला सुनाइएको थियो ।

तर उक्त बिगो नतिरेकाले १ वर्ष कैदमा राख्नु भन्ने अदालतको पत्र रहेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।