सहकारीको रकम अपचलनमा मुछिएका भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

४ असार ०८२, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाको रकम अपचलन मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ ।

भण्डारीलाई रेड कर्नर नोटिसका आधारमा कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।

उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो ।

मितेरी सहकारी संस्थाको रकम अपचलन सम्बन्धी उजुरीमा सीआईबीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।