१८ मंसिर ०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन् ।
बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् ।
कार्कीको स्वर्णसँगै नेपालको १३ औं सागमा २९औं र सागको इतिहासमा भने १००औं स्वर्ण हो ।













