१९ मंसिर ०७६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी कीर्तिमानी खेलाडी गौरीका सिंहले स्वर्ण पदक जितेकी छिन् ।
बिहीबार सातदोबाटोमा सम्पन्न महिला दुई सय मिटर फ्रि–स्टाइल एकल पौडीमा गौरीकाले भारतीय खेलाडी सुभांगी शर्मालाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।
उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गर्दै यस अघि आफूले बनाएको २.०९.१९ मिनेटको रेकर्डलाई तोडेकी छिन् ।













