८ चैत्र ०७५, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
विराटनगरको शहीद रंगशालामा सम्पन्न खेलमा भारतसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । महिला साफ च्याम्पियनसीपमा भारतको यो लगातार पाँचौ उपाधि जित हो ।
भारतको जितमा डालीमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरेकी थिइन् भने नेपालका लागि सावित्रा भण्डारी ३३औँ मिनेटमा एकमात्र गोल गरेकी थिइन् ।













