साफ महिला च्याम्पियनशिपमा नेपालको राम्रो सुरुवात : भुटान ४ गोलले पराजित

२१ भदौ ०७९, काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबल खेलमा नेपालले भुटानलाई पराजित गर्दै राम्रो सुरुवात गरेको छ ।

आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–०  गोलले पराजित गर्दै राम्रो सुरुवात गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारीले खेलको १२औं र ६८औं मिनेटमा र अनिता बस्नेतले ५३औं र ८५औं मिनेटमा गोल गरेकी थिइन् ।

पहिलो खेलमा निकालेको जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क प्राप्त गरेको नेपालले भदौ २७ गते श्रीलङ्कासँग खेल्नेछ ।