सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको माओवादी केन्द्रले बिरोध गर्ने

१९ भदौ ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव एवम् प्रमुख सचेतक हितराज पाण्डेले सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयको पार्टीले बिरोध गर्ने बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन् ।

‘अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले कुण्ठित गर्न खोजेको छ, उनले भने, ‘यसको हामी विरोध गर्नेछौं ।’

सामाजिक सञ्जाललाई नियमनको कुरा आवश्यक रहेको बताउँदै नेता पाण्डेले के के र कहाँ समस्या हो ? पहिचान गर्न जरुरी रहेको बताए ।