
१९ जेठ ०८२, काठमाडौं । गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीका प्रतिनिधिबीच सार्वजनिक यातायात, राइड सेयरिङ तथा सेल्फ ड्राइभका विषयमा छलफल भइरहेको छ ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा यातायात व्यवसायीहरुले सार्वजनिक यातायातका साधन सञ्चालन नगरेपछि गृह मन्त्रालयमा दुई पक्षबीच छलफल सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु चक्काजाम आन्दोलनमा उत्रिएका छन् ।
यातायात व्यवसायीहरुले आज देशभर सार्वजनिक यातायातका साधन चलाएका छैनन् । सार्वजनिक यातायात नचल्दा यात्रीहरु चोकचोकमा सवारी साधनको प्रतिक्षा गरिरहेको देखिन्छ ।

उनीहरुको आन्दोलनको कारण गण्डकीका साथै काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।













