३ जेठ ०८०, काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ भने घटेको मूल्य आजैदेखि लागू हुनेछ ।
यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशत भाडा घटेको जनाएको छ ।
आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएर मूलय समायोजन गरेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।













