
१९ जेठ ०८२, काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सुरूभएको छ ।
बैठकमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी रहेका छन् ।
प्रधानमन्त्री कार्यालयकाअनुसार बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेको छ ।
गृहमन्त्री रमेश लेखकको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा मागिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड प्रचण्डसहितको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।













