
२० साउन ०८१, काठमाडौं । सिजन मिडियाले नेपालमा पाचौं सस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दैछ ।
सिजन मिडिया आफ्नो १६ औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को विशेष अवसर पारेर असोज पहिलो साता काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२४’ पाँचौ संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो ।
आयोजककाअनुसार सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको कामकको उपलब्धी र योगदानको उच्च मुल्याङ्कन गर्दै अझै हौसला प्रदान गर्ने उद्देश्यले विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको हो ।
सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको यस संस्थाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ ।
सन् २०१९ मा मलेसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवईमा सम्पर्न भएको थियो भने गत वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायिक व्यक्तित्वहरुलाई आमन्त्रण गरी नेपालमा नै सम्पन गरिएको थियो ।













