२० साउन ०८२, पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोका कारण तानसेन–बुटवल सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
वर्षत्का कारण खसेको पहिरोले तानसेन–बुटवल सडक सोमबार बेलुकी ८ बजेदेखि अवरुद्ध भएको हो ।
अहिले पनि सो क्षेत्रमा पानी परिरहेकाले चट्टान र लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भएको सिद्धबाबा सुरूङ्गमार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताएकी छन् ।
उनले पानी रोक्किएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने जानकारी दिइन् ।













