सुन तस्करी प्रकरणमा किशोर बस्नेत भारतबाट पक्राउ

१३ भदौ ०८०, काठमाडौं । नेपाल प्रहरीले सिन्धुपाल्चोक घर भएका किशोर बस्नेतलाई सुन तस्करी प्रकरणमा भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

सीआईबी स्रोतकाअनुसार प्रहरीले बस्नेतलाई दिल्लीबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

पक्राउ परेका बस्नेत सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगी रहेको प्रहरीको भनाई छ ।

६० किलो सुन तस्करी प्रकरणमा हालसम्म प्रहरीले बस्नेतसँगै २५ जनालाई पक्राउ गरेको छ ।