२१ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टिए भएसँगै मन्त्री ढकाल निवासमै आइसोलेसनमा बसेको प्रेस संयोजक तिवारीले बताए ।













