हिउँपहिरोमा फसेका दुई जनाको सकुशल उद्धार

९ चैत्र ०७९, काठमाडौं । हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनालाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ ।

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासी दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई सुरक्षकर्मीले उद्धार गरेको हो ।

मंगलबार घुम्न निस्किएका खनाल र गुरुङ समस्यामा परेको सूचना सुरक्षाकर्मीले बुधबार साँझ मात्र पाएपछि उनीहरुको उद्दारमा तत्कालै सुरक्षाकर्मी परिचालन गरिएको थियो ।