१६ साउन ०८२, काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि १० वर्ष पुगेको हो ।
ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।
नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख गरिएको छ ।













