
१६ बैशाख ०८२, काठमाडौं । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसंघारमा सोमबार मणिपाल अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीको आयोजना साथै मणिपाल मूल इकाईको संयोजकत्वमा सोमबार सम्पन्न रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको हो ।
मणिपाल मूल इकाईका अध्यक्ष नरेशकुमार श्रेष्ठले दिएको जानकारीअनुसार अखिल नेपाल स्वास्थ श्रमिक संघ कास्कीकी अध्यक्ष महिमा शाहीको अध्यक्षता भएको उक्त रक्तदान कार्यक्रम प्रमुख अतिथि ने.क.पा (मावोबादी केन्द्र)का केन्द्रीय सदस्य राजकाजी गुरुङ्ग ‘करण’ले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए भने अस्पतालका प्रशासक सुनिल नायरले प्रथम रक्तब्याग ग्रहण गरी रक्तदान औपचारिक शुभारम्भ गरिएको थियो ।
रक्तदान कार्यक्रमलाई उदघाटन गर्दै प्रमुख अतिथि राजकाजी गुरुङले मजदुर दिवसको संघारमा रक्तदान कार्यक्रम आयोजना गरेर अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीले उदाहरणीय कार्य गरेको भन्दै सम्पूर्ण श्रमजीवीहरूलाई एकीकृत भई अघि बढ्न आग्रह गरेका थिए ।

कुनैपनि संस्थाले राम्रो प्रगति गर्नलाई श्रमिकहरुको हकहित र अधिकारलाई केन्द्रमा राख्नु पर्ने बताउँदै उनले श्रमिकको मनोबल उच्च गराउन रोजगारदाता प्रतिष्ठानका नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।
रक्तदान कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले रक्तदान कार्यक्रम आयोजना गरेर पुन्यकार्य गरेको भन्दै अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्की र मणिपाल मूल इकाईको खुलेर प्रशंसा गरेका थिए ।
अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीको व्यानरमा भएको उक्त रक्तदान कार्यक्रममा नेकपा माओवादीका केन्द्रका प्रदेश सदस्य मेखबहादुर विक ‘पहाड’, अखिल नेपाल ट्रड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतम, उपाध्यक्षहरू भोजराज खत्री, टंक पौडेल, रमेश सिके, मंगल लिम्बु, सचिव गुणराज बास्तोला, अन्टुफ केन्द्रीय सदस्य जमुना सेर्पा लगायतको आथिथ्य रहेको थियो ।

यस्तै प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शिव के.सी., अखिल नेपाल स्वास्थ्य श्रमिक संघ गण्डकीका अध्यक्ष शेर बहादुर शाही, ईकाई अध्यक्ष सुर्य सुवेदी, शिव पौडेल, मणिपालमै क्रियाशील अन्य युनियनबाट जीवन थापा, नवराज भण्डारी एवं अमृतबाबू पौडेल साथै मणिपाल अस्पताल प्रशासनबाट सबिना महर्जन, बरुणा पौडेल, रोशन अधिकारी, शंकर बहादुर लगायतको उपस्थिति रहेको थियो ।
संघको कास्की सचिवालय सदस्य कमल अधिकारीले स्वागत मन्तव्य राखेको उक्त रक्तदान उदघाटन कार्यक्रमको सञ्चालन मणिपाल मूल इकाईका सचिब बिरेन्द्र पराजुलीले गरेका थिए ।
रक्तदान कार्यक्रमका केही तस्बिरहरू :















