२३ बुँदे प्रतिबद्धता पारित गर्दै नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सम्पन्न

१९ कार्तिक ०८२, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन २३ बुँदे प्रतिबद्धता पारित गर्दै सम्पन्न भएको छ ।

काठमाडौंमा बुधबार भएको १० पार्टी एकता राष्ट्रिय सम्मेलनले पार्टी संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गर्दै २३ बुँदे प्रतिबद्धता पारित गरेको हो ।