५ हजार ६ सय ९७ कैदीबन्दी अझै फरार – कारागार व्यवस्थापन विभाग

२१ असोज ०८२, काठमाडौं । कारागार व्यवस्थापन विभागले जेनजी युवाको प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ६ सय ९७ कैदी अझै फरार रहेको जनाएको छ ।

मुलुकभर भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदीबन्दी र ९ वटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए ।

विभागले त्यसमध्ये आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केको बताएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल ५ हजार ६९७ बन्दी अझै फरार छन् ।