६ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप नौ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा. जागेश्वर गौतमले सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी ६ जिल्लाका नौ जना कोरोना संक्रमितको मृत्युको पुष्टि बताएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।
प्रवक्ता गौतमले प्रदेश २ को पर्सा जिल्लाका ४८, ५८ र ६१ वर्षीय तीन जना पुरुष साथै बाराका ५८ वर्षीय पुरुष र सिरहाका ६८ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
यस्तै प्रदेश १ को सुनसरीमा एक ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
यसैगरी बागमती प्रदेशमा मकवानपुर जिल्लाका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको उनले बताए ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा १८२ जना महिला र ४५२ जना पुरुष गरी कूल ६३४ जना कोरोना संक्रमित थपिएको पनि बताए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ ।













