६ महिने अभियान सञ्चालन गर्ने निर्णय गर्दै ब्युटीसियन श्रमिकको बैठक सम्पन्न

१३ चैत्र ०८१, काठमाडौं । अखिल नेपाल ब्युटीसियन श्रमिक संघले यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई संगठित गर्दै सिप विकास तालिम दिने साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न, गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधबार पेरिसडाँडा कोटेश्वरमा संघकी अध्यक्ष साबित्रा आचार्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको दोस्रो बिस्तारित बैठकले संगठनको रिक्त पदपूर्ति गर्दै पदाधिकारीहरुको कार्यविभाजनसहित सातै प्रदेशमा ६ महिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अखिल नेपाल ब्युटीसियन श्रमिक संघका उपाध्यक्ष डिलसरा थापाले दिएको जानकारीअनुसार अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) फ्याक्सन इन्चार्ज रामदिप आचार्यका साथै महासंघका केन्द्रीय पदाधिकारीहरूको उपस्थितिमा बसेको सो बैठकले रिक्त सचिव पदमा जिना अर्याललाई मनोनित गरेको छ ।

उनले चाँदनी श्रेष्ठ (धादिङ), सिर्जना दुलाल र रसिला लामा (नुवाकोट), कुमारी तामाङ (मकवानपुर), मिथिला भुजेल (काभ्रे), सर्मिला डंगोल (ललितपुर)लाई केन्द्रीय सदस्यमा मनोनित गरिएको बताइन ।

यसैगरी बैठकले प्रदेश इन्चार्जका रुपमा पदाधिकारीहरुको कार्यविभाजन गरेको छ ।

जसमाः
कोशी प्रदेश : उपाध्यक्ष, सर्मिला विक,
मधेश प्रदेश : कोषाध्यक्ष, अम्बिका भुजेल
बागमती प्रदेश : उपमहासचिव, झुमा थापामगर
गण्डकी प्रदेश : महासचिव, स्मृति रावत
लुम्बिनी प्रदेश : सचिव, लक्ष्मी चौधरी
कर्णाली प्रदेश : उपाध्यक्ष, डिलसरा थापा
सुदूपश्चिम प्रदेश : सचिव, राधिका चौधरी