२५ साउन ०७४, प्यूठान । झिमरुक गाउँपालिकाको गाउँसभाले ३६ करोड १० लाख ४४ हजारको वर्षिक बजेट पारित गर्दै आफ्नो तलब भत्ता समेत तोकेका छन् ।

गाउँसभाको पहिलो बैठकमा अध्यक्ष तिलकबहादुर जिसीले चालू तर्फ २२ करोड ८ लाख ९४ हजार १२ र पूँजीगत तर्फ १४ करोड १९ लाख ४ हजार ९८८ रुपैयाँ बजेट प्रस्तुत गरेका छन् ।

यस्तै गाउँपालिका अध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार र वडा अध्यक्षले १५ हजार, गाउँकार्यपालिका सदस्यहरुले ५ हजार मासिक तलब लिने जनप्रतिनिधिको तलब समेत तोकिएको छ ।

जनप्रतिनिधिको तलबभत्ताका लागि वार्षिक २५ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

गाउँसभाले कर्मचारीहरुको कार्यसम्पादनको आधारमा रहेको आधारभूत तलवमा ३० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको छ ।

 

तपाइको मत