२७ असोज ०७४, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले शुक्रबार सरकारमा नयाँ मन्त्री थप गरेेेपछि मानवअधिकारवादी नेता कृष्ण पहाडीले मुख खाेलेका छन् ।
प्रधानमन्त्रीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएर निर्वाचन आचारसंहिता विपरीत अवैधानिक कदम चालेकाे र नियोजित अराजकता सुरुवात गरेेको पहाडीकाे अाराेप छ ।
‘यो नियोजित अराजकताको सुरुवात हो, ६४ सदस्यीय सरकार विस्तार इतिहासकै कलंक हो, पहाडीले भने, ‘यसरी सरकार विस्तार गरिनु निर्वाचन आचारसंहिताको उल्लंघन मात्रै नभएर अवैधानिक कदम पनि हो ।’
प्रधानमन्त्री देउवा राप्रपा अध्यक्ष थापालाई विनाविभागीय उपप्रधानमन्त्री बनाएर निर्वाचन नगराउने षडयन्त्रमा लागेको समेत पहाडीकाे अाराेप रहेकाे छ ।
साथै, उनले प्रधानमन्त्रीको कदमले मंसिर १० र २१ गतेकाे निर्वाचन नहुने सम्भावना बढाएको भन्दै सरकारको कदमलाई नियोजित अराजकताकाे संज्ञा पनि दिएका छन् ।













