१९ फागुन ०७४, काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेको पूर्वडीआइजी तथा एमाले सांसद नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् ।
शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा एमाले र माओवादीको संसदीय दलको संयुक्त बैठकमा सहभागी हुन् सांसद सिलवाल नयाँ बानेश्वर पुगेका हुन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड लगायतले सांसदहरुलाई प्रशिक्षण दिएका छन् । साथै, बैठकमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले समेत प्रशिक्षण दिएका थिए ।