तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु

८ चैत्र ०७४, काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला’ आजदेखि सुरु भएको छ ।

बिहीबारदेखि ललितपुरको हेरिटेज भेन्यु गार्डेनमा सञ्चालन भएको कार्यक्रम पाँच दिनसम्म चल्ने छ । यो अन्तर्राष्ट्रिय मेलामा स्वदेशी, सार्क र युरोपेली मुलुकका ५० भन्दा बढी महिला उद्यमी सहभगाी हुनेछन् ।

‘उद्यमी बनौं देशलाई सघाऔं, हटेर होइन डटेर लागौं’ भन्ने नारासहित मेला सुरु भएको  छ ।

तपाइको मत