अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई विदाइ ग¥यो

९ चैत्र ०७४, काठमाडौं । एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ ।

शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई विदाइ गरेका हुन् । नेपाल र यमनवीचको खेल कतारको दोहामा मंगलबार हुनेछ । नेपाली टिम आइतबार कतार प्रस्तान गर्नेछ ।

सोलिडारिटी कप विजेताको हैसियतमा तेस्रो चरणको छनोटमा प्रवेश पाएको नेपालले यस अघिका पाँच खेलमा जित हात पार्न नसकेपछि छनोट हुने सम्भावना भने सकिएको छ । तर, यमनका लागि यो खेल महत्वपूर्ण छ । समूहको पाँच खेलबाट यमनको ७ अंक छ ।

तपाइको मत