काठमाडौं, भरतपुर र पोखरा महानगरपालिकामा एमालेको अग्रता कायमै

११ जेठ ०७४, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनको प्राप्त पछिल्लो मत परिणाम अनुसार एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा रहेको छ ।

काठमाडौं महानगरपालिकामा एमाले अगाडि

पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४९२३६ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनलाई पछ्रयाउँदै नेपाली काँग्रेसका राजुराज जोशीले ३४२१६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले अगाडि

भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले ३०२८२ मत ल्याई पहिलो स्थान लिइरहेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका रेणु दाहाल २८९३३ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।

पोखरा महानगरपालिकामा  एमालेको अग्रता

यसैगरी पछिल्लो गणनाअनुसार पोखरा महानगरपालिकाको नेकपा एमालेका मान बहादुर जिसीले ४६३९७ मत ल्याई पहिलो स्थान प्राप्त गरेको छ ।

यसैगरी नेपाली काँग्रेसका रामजी कुँवरले ३५७९४ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत