भरतपुर, काठमाडौं र पोखरा महानगरमा एमालेको अग्रता कायमै

११ जेठ ०७४, काठमाडौं । भरतपुर, काठमाडौं र पोखरा महानगरपालिकामा एमालेको अग्रता कायमै रहेकाे छ ।

पछिल्लो गणनाअनुसार काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५०२७४ मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । उनलाई पछ्रयाउँदै नेपाली काँग्रेसका राजुराज जोशीले ३५५०२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

यसैगरी भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवालीले ३१२५९ मत ल्याई पहिलो स्थान लिइरहेको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रेणु दाहाल २९६४८ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।

त्यस्तै पोखरा महानगरपालिकामा एमालेका मान बहादुर जिसीले ५१२१७ मत ल्याई पहिलो स्थान प्राप्त गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामजी कुँवरले ३९३९५ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत