काठमाडौँ महानगरमा नेकपा एमालेका विद्यासुन्दर अठार हजार मतले अगाडि

१३ जेठ ०७४, काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको पछिल्लो परिणाम अनुसार काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६१ हजार पाँच सय तीन मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । खड्गीले हालसम्म ५६ हजार एक सय ५०, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार चार सय दुई, माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ७८५, साझा पार्टीकी निरुपमा यादवले ११ हजार २४ मत प्राप्त गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत