प्रधानमन्त्री पदका लागि देउवाको मात्रै उम्मेदवारी

२० जेठ ०७४, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

संसद सचिवालयको कार्यतालिका अनुसार संसद भवन नयाँ बानेश्वरमा शनिबार बिहान सभापति देउवाले प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा रुपमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, अखण्ड पार्टी नेपालका कुमार खड्का, समाजबादी जनता दलका प्रेमबहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी रहेका छन् ।

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको लागि बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

प्रधानमन्त्री चयनको लागि आइतबार बिहान ११ बजे मतदान गर्ने कार्यतालिका रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत