दैनिक पत्रपत्रिकाको पहिलो पानामा आज : राजपा र निर्वाचनको दुरी उस्तै, वैध हतियार नै निर्वाचन सुरक्षामा चुनौती

२६ जेठ ०७४, काठमाडौं । आजका दैनिक पत्रपत्रिकाले वैध हतियार नै निर्वाचन सुरक्षामा  चुनौती, चुनावमा जान राजपालाई कानुनी बाधा फुक्यो लगायतका समाचार शीर्षकलाई प्रमुखताका साथ पहिलो पानामा प्रकाशित गरेका छन् ।

आजको राजधानी दैनिकले अर्थले रोकयो जनप्रतिनिधिको तलब, वैध हतियार नै निर्वाचन सुरक्षामा  चुनौती, मतपत्र सुरक्षामा ढाडे बिरालो, उम्मेदवार टुंग्याउँदै दलहरु शीर्षकका समाचार पहिलो पानामा प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

यसैगरी नयाँ पत्रिका दैनिकले नो अब्जेक्सन लेटर नबोक्ने नेपालीलाई भारत र श्रीलंकामा हवाई यात्रा निषेध, राजपा र निर्वाचनको दुरी उस्तै लगायतका समाचारलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।

यसैगरी नागरिक दैनिकले चुनावमा जान राजपालाई कानुनी बाधा फुक्यो, अन्नपूर्ण दैनिकले स्थानीय बजेटमा अन्याय, भागबण्डा खोज्दै राप्रपा, गोरखापत्र दैनिकले तीन तहको निर्वाचन गराउनु मुख्य प्राथमिकता साथै कान्तिपुर दैनिकले पुस्तासँगै फेरिए चुनावी एजेण्डा लगायतका समाचार शीर्षकलाई पहिलो पानामा स्थानमा दिएका छन् ।

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत