लिची फलमा हाइपोग्लिसीन-ए नामक विषाक्त तत्व !

काठमाडौं । लिचीमा एक प्रकारको बिषाक्त तत्व हाइपोग्लिसिन हुन्छ । यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ ।

लिचि खाँदा शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यही नै मृत्युको कारण बन्न सक्छ ।

लिचीले मस्तिष्कसँग सम्बन्धित यस्तो समस्या पैदा गर्छ, जसले ज्यान लिन सक्छ ।

एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम नामक यस बीमारीको कारण सैयौंले ज्यान गुमाएका छन् । बैज्ञानिकले उक्त रोग लिची फलको कारण हुने बताएको छ ।

यसमा प्राकृतिक रुपले हाइपोग्लिसीन-ए र मिथाईलेन्साइक्लोप्रोपाइलिगसीन नामको विषाक्त तत्व हुन्छ ।

यसले शरीरमा फ्याटी एसिड मोटाबोलिज्म बनाउन रोक्छ । यसै कारण ब्लड सुगर लेभल कम हुन्छ ।

अहिले रसिलो र स्वादिलो फल लिचीको सिजन छ । तर, खाली पेटमा लिची सेवन गर्दा ज्यान जान सक्छ ।

यसअघि भारतको बिहारमा खाली पेट लिची सेवन गर्दा सैयौं बच्चाको अचानक मृत्यु भएको थियो ।

खाली पेट लिची सेवन गर्दा चक्कर आउने, आँखा खोल्न नसक्ने र मृत्यु हुने देखियो ।

सन् १९९० को दशकको यो घटनापछि खाली पेटमा लिची सेवन गर्नु घातक हुने पुष्टि भयो ।

 

लिचीका फाइदा

• यदि दिनमा केही मात्रामा र खाना खाइसकेपछि सेवन गर्ने हो भने लिचीले फाइदा गर्छ ।

• दिनमा १० वा १२ दाना भन्दा बढी लिची सेवन गर्नु हुँदैन ।

• लिची हड्डीको लागि फाइदाजनक हुन्छ ।

• बच्चाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ ।

• यसको नियमित सेवनले शरीरमा क्यान्सर कोशिकालाई बढ्न दिदैन ।

• यो हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ ।

• दमका रोगीलाई लिची लाभदायक हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत