चुनाव सार्ने सरकारको निर्णयले मधेसको अस्तित्वमा प्रहार भएको उपेन्द्र यादवको आरोप

१ असार ०७४, बिराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनाव सार्ने सरकारको निर्णयले मधेसको अस्तित्वमा प्रहार भएको बताएका छन् ।

गृहनगर विराटनगर रहेका यादवले बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै २ नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सरकारी निर्णयले मधेसको अस्तित्वमा प्रहार भएको बताएका हुन् ।

मेचीदेखि महाकालीका बीस जिल्लाको तराई-मधेसलाई २ नम्बर प्रदेशका आठ जिल्लामा सीमित पार्ने षडयन्त्र भएको यादवले आरोप लगाएका छन् ।

यादवले कांग्रेस र माओवादी केन्द्र मिलेर षडयन्त्र गरेको भन्दै त्यो षडयन्त्र राष्ट्रिय जनता पार्टी नेपालको दिशाहीनताले सफल भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत