राजपाका नेता निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी गरेको आरोपमा पक्राउ

४ असार ०७४, कैलाली । नेपाल प्रहरीले राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यलाई कैलालीको कैलारी गाउँपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी र तोडफोड गरेको आरोपमा पक्राउ गरेको छ ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा तालावन्दी गरेको आरोपमा केन्द्रीय सदस्य फोनीराम चौधरी र जिल्ला उपाध्यक्ष सरिता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

दुवै जनालाई कैलारी गाउँपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको प्रमुख प्रहरी उपरीक्षक चन्दले बताए ।

तालाबन्दी लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरी लगाएको ताला खोलेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत