नेकपाको उम्मेदवार भन्नु जनतालाई भ्रममा पार्ने कुरा मात्रै !

५ असार ०७४, रोल्पा । थबाङ गाउँपालिकामा नेकपाको तर्फबाट कोही पनि स्वतन्त्र उम्मेदवार नभएको पार्टीले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

नेकपाका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ को हस्ताक्षरमा जारी विज्ञप्तीमा थबाङको प्रमुखमा स्वतन्त्रबाट नेकपाको उम्मेदवार भन्ने भ्रम फैलाइएको भन्दै आपत्ति समेत जनाइएको छ ।

‘पार्टीको तर्फबाट उम्मेदवार भनिएका व्यक्ति हाम्रो पार्टीको नभई व्यक्तिहरु हुन् ।’, जारी विज्ञप्तीमामा उल्लेख छ ।

स्वतन्त्रको नाम वा अन्य कुनै पनि नाममा उपयोग नगर्ने बरु खारेजी गर्ने पार्टीको नीति भएको जनाइएको छ । पार्टीको उम्मेदवार भनेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘भारतीय साम्राज्यवादका नाङ्गो दलाली गरिरहेको देउवा प्रचण्ड मण्डलीको सरकार यतिवेला जनताको दमनमा उत्रिएको छ ।’

थबाङमा नेकपाका अगुवा अमित घर्ती स्वतन्त्रबाट प्रमुखका उम्मेदवार बनेका छन् । उपप्रमुखमा स्वतन्त्र उम्मेदवार छैनन् । नेपाली कांग्रेसबाट कुमारी रोका उपप्रमुखमा उम्मेदवार दिएका छन् ।

उनीहरुको अघोषित सहमति भएको खुलेको छ । गाउँपालिकामा माओवादी केन्द्र र एमालेबाट भने अलगअलग उम्मेदवार खडा गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत