मातहतका कमिटी साउन १५ भित्र पुनर्गठन गर्न अधिकारीकाे निर्देशन

१० असार ०७४, तनहुँ । नेकपा माअाेवादी केन्द्रका महाधिवेशन अायाेजक कमिटी सदस्य तथा म्याग्दे गाउँपालिकाका इन्चार्ज शम्भु अधिकारीले गाउँपालिका अन्तरगतका वडा अध्यक्षहरूलाई मातहतका कमिटी साउन १५ भित्र पुनर्गठन तथा शुद्धीकरण गरिसक्न निर्देशन दिएका छन् ।

शनिबार पहिलाे चरणको निर्वाचनपछि बसेकाे गाउँपालिकाकाे समीक्षा बैठकलाई सम्बाेधन गर्दै नेता अधिकारीले पार्टीकाे स्प्रीटअनुरूप संगठन मजबुत नहुँँदा म्याग्दे गाउँपालिकामा निर्वाचन परिणाम साेचे अनुसार नअाएकाले चुस्त संगठन गठन तथा शुद्धीकरण गर्न निर्देशन दिएका हुन् ।

बैठकलाई संक्षिप्त मन्तव्य अायाेजक कमिटी सदस्य तथा म्याग्दे गाउँपालिका अध्यक्ष इन्द्र अधिकारीले प्रचार-प्रसार, संगठन र अन्तरघातका कारण पार्टीले चुनावमा हार व्यहाेर्नु परेकाे बताए ।

यसैगरी गाउँपालिकाका उपाध्यक्ष तथा मेेेयरकाे उम्मेदवार डिल बहादुर नेपालीले गैरदलितकाे पुरानाे मनाेविज्ञान र चेतनामा परिवर्तन नअाएकाले साथै दलितभित्रै ढुलमुले एवम् दाेहाेराे चरित्र रहेकाले चुनावी परिणाम उल्टाे अाएकाे बताए ।

यसैगरी केन्द्रीय अायाेजक कमिटी सदस्य एसबी थापा मगरले स्थानीय तहकाे पहिलाे चरणकाे निर्वाचनमा मत परिणाम जेजस्ताे अाएकाे भए पनि समग्रमा पार्टीकाे एजेण्डाले जितेकाे बताए ।

उनले पहिलाे चरणकाे निर्वाचनमा काँग्रेस, एमाले मत परिणाममा अगाडि भए पनि माअाेवादीकाे एजेण्डामा हिँडिरहेकाे भन्दै उनीहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई अात्मसात् गरेर माअाेवादीकाे पुच्छर भएकाे बताए ।

साथै, उनले संविधान विराेधी तत्वहरू पहिलाे चरणकाे निर्वाचनपछि अातंकित भएको बताए ।

बैठकमा वडा नं. १ का अध्यक्ष दल बहादुर विक, वडा नं. २ का अध्यक्ष शम्भुुुलाल श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष हाेम बहादुर अाले, वडा नं. ४ का अध्यक्ष सन्ताेष राना, वडा नं. ५ का अध्यक्ष पूर्ण बहादुर मिजार, वडा नं. ६ का अध्यक्ष डण्डमान श्रेष्ठ र वडा नं. ७ का अध्यक्ष भिम बहादुर विकले अा-अाफ्नाे वडाकाे रिपोर्टिङ गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत