नारायणगढ-मुग्लिन सडक शनिबार साँझ साढे ६ बजेबाट खुल्यो

१७ असार ०७४, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड झण्डै ३४ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा पहिरो खसेपछि शुक्रबार बिहान ८ बजेदेखि बाटो अवरुद्ध भएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने कालिखोलाको पहिरो पन्छाएपछि शनिबार साँझ साढे ६ बजेबाट बाटो खुलेको हो ।

शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको थियो ।

नारायणगढ-मुग्लिन सडकखण्ड बिस्तारको काम भइरहेकाले पहिरोले पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत