एमालेको सहमतिमा प्रस्ताव तयार गरे संविधान संशाेधन पारित हुने ज्ञवालीकाे भनाई

२१ असार ०७४, काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गरिने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सचिव ज्ञवालीले सदनमा विचाराधीन रहेको संविधान संशोधन फिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव अाए पारित गरिने बताएका हुन् ।

‘अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरीकन ल्याइएको हो’ उनले भने, ‘हाम्रो परामर्शबिनै ल्याइएको यो प्रस्ताव कुनै पनि हालतमा हामी पास गर्न सहयोग गर्दैनौं, यदि साँच्चीकै संविधान संशोधन गर्नुपर्ने हो भने राजपासहितका सबै मूलधारका दलहरू एक ठाउँमा बसेर छलफल गर्नुपर्छ ।’

ज्ञवालीले असोज २ गतेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि पनि संशोधन गर्न सकिने बताए ।

 

राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनअघि नै आफूहरूको माग पूरा नभए कुनै पनि निर्वाचनमा राजपाले भाग नलिने स्पष्ट पारेका छन् ।

झाले भने, ‘चुनाव अघि हाम्रा मागहरू पूरा भए हामी निर्वाचनमा जान व्यग्र प्रतीक्षामा छौं, हामी निर्वाचन विरोधी होइनाै ।’

उनले २ असोजका लागि सारिएको प्रदेश–२ को निर्वाचन पनि आफूहरूको सहमतिमा नसारिएको जिकिर गरे ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत