पहिरोका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड अवरुद्ध

२७ असार ०७४, गुल्मी । अविरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड गए रातीदेखि अवरुद्ध भएको छ ।

उक्त सडकखण्ड अन्र्तगत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भीर र चिउरेनी भीर लगायतका दर्जनौ ठाउँमा पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो ।

उक्त सडकमा जिल्लाका सबैभन्दा बढी सवारी साधनहरु सञ्चालन हुन्छन् । अति व्यस्त सडकखण्ड अवरुद्ध भएपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल, पोखरा साथै काठमाडौंसम्म छुट्ने सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् ।

पानी परिरहेको र माथिबाट पहिरो खसिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ । जसका कारण मानिसहरुलाई पैदल हिँड्न पनि समस्या भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत