गुल्मीमा एक महिलाको बलात्कारपछि हत्या

हुमाकान्त पोखरेल


२७ असार ०७४, गुल्मी । गुल्मीमा एक महिलाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी गिता नेपालीको बलात्कारपछि हत्या भएको आशंका गरिएको हो ।

नेपालीको शव सोमबार साँझ बढीघाट खोलामा भेटिएको थियो । बेवारिसे शवलाई अनुसन्धान गर्दै जादाँ उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

पैंतीस बर्षीय नेपाली लोग्नेसँग राम्रो सम्बन्ध नभएका कारण माइती घर नजिकै छाप्रो बनाएर बस्दै आएकी थिइन् । माईतीको शरणमा बस्दै आई रहेकी गीताको नाम नखुलेका एक जना युवासँग लसपस रहँँदै आएको छिमेकीले बताए ।

भाउजुसँग काम गर्न खोलामा गएकी उनी एकजना पुरुषको फोन आएपछि उनी त्यसतर्फ गएको उनकी भाउजु सीता नेपालीले बताइन् । त्यही भेटका क्रममा उनको बलाकात्कारपछि हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका सूचना अधिकृत महेन्द्र नेपालले बताए ।

दुबैबीचको यौन सम्पर्कबाट गर्भ रहन गएपछि घटना भएको हुनसक्ने स्थानीयले आशंका गरेपनि बलात्कार पछि हत्या गरी बडीगाड खोलामा शवलाई फालेको हुनसक्ने प्रहरीले बताएको छ । मृतक गीताको एक छोरी र तीन छोरा छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत