कर्मचारी समायोजन विधेयक संशोधन दर्ताका लागि अनुमोदन

२९ असार ०७४, काठमाडौं । कर्मचारी समायोजन विधेयक संशोधन दर्ताका लागि अनुमोदन भएको गोरखापत्रमा खबर छ ।

विधेयकका प्रावधान विभेदकारी भएको भन्दै कर्मचारी युनियनका प्रतिनिधिले आवाज उठाइरहेका बेला विधेयक संशोधनको महत्त्वपूर्ण प्रक्रियामा प्रवेश गरेको हो ।

अधिकांश सांसदले समेत विधेयकका प्रावधान सच्याइनुपर्ने माग सैद्धान्तिक छलफलमा उठाएका छन् । असार २५ गते संसदमा पेस भएको विधेयकमा अब सांसदले संशोधन दर्ताको समय पाउने छन् ।

संशोधन दर्ताका लागि संसद् सचिवालयले सूचना प्रकाशन गरेको ७२ घण्टाको समय सांसदले पाउनेछन् ।  संशोधनको समय बिहीबारदेखि सुरु हुनेछ ।

संशोधन दर्तापछि विधेयकमा दर्ता भएको संशोधनको सूचना सहितको विधेयक संसदमा नै पेस हुनेछ ।  संसद्ले विधेयकको दफाबार छलफल संसद्को पूर्ण बैठकमै पनि गर्न सक्ने छ ।  दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन पनि सक्ने नियमावलीमा व्यवस्था छ ।

संशोधनको सङ्ख्या धेरै भएमा पूर्ण बैठकले विधेयक सम्बन्धित समितिमा पठाउन सक्नेछ ।  प्रतिवेदन समितिले तयार पारेपछि पुनः संसद्को पूर्ण बैठकमा पेस हुनेछ ।  प्रतिवेदनसहित पेस भएको विधेयक पारितको प्रक्रियामा जानेछ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत